२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अवधी पत्रकार संघ कपिलवस्तुद्वारा रक्तदान कार्यक्रम आयोजना

Nada
शहबाज खान
२०८१ फागुन २८ गते २०:५१
Shares
अवधी पत्रकार संघ कपिलवस्तुद्वारा रक्तदान कार्यक्रम आयोजना

कपिलवस्तु : अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

ncell

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शिवराज अस्पताल बहादुरगन्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको संघका सचिव बृजेश यादवले जानकारी दिए ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । अन्य सहभागीमध्ये ब्लड प्रेसर, सुगर लगायतका स्वास्थ्य समस्याका कारण केहीलाई रक्तदान गर्न नदिइएको रक्तसंचार केन्द्रका प्राविधिकले बताएका छन् । 

रक्तदान अभियानलाई प्रोत्साहन गर्दै अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले भने,‘रक्तदान जीवनदान सरह हो । हामीले दिएको रक्तसमूह अनुसार केन्द्रमा संकलन हुन्छ, जसले आपतकालीन अवस्थामा रोग वा दुर्घटनाका बेला सहज रूपमा रगत प्राप्त गर्न मद्दत गर्छ ।’ यस अभियानले स्थानीय रक्त अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर