२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

निर्वाचन प्रक्रियामा वञ्चित गरिएको भन्दै पत्रकार महासंघ वैदेशिक शाखाको विरोध

Nada
भरत प्रधान
२०८१ असार १७ गते २०:०३
Shares
निर्वाचन प्रक्रियामा वञ्चित गरिएको भन्दै पत्रकार महासंघ वैदेशिक शाखाको विरोध

लिस्बन : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा विदेशस्थित रहेका सदस्यलाई निर्वाचन प्रक्रियामा समावेश नगरिएको भन्दै वैदेशिक शाखाहरुले संयुक्त रुपमा विरोध जनाएका छन् । 

ncell

नेपाल पत्रकार महासंघ युरोप शाखासहित विदेशस्थित रहेका शाखाहरु बेलायत, जापान, यूएई, कतार, भारत, बेल्जियम, दक्षिण कोरिया र कुवेत शाखाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन प्रक्रियाप्रति विरोध जनाएको हो ।

वैदेशिक शाखाका अध्यक्षहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा महासंघको विधान बमोजिम सम्पूर्ण सदस्यले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने स्पष्ट प्रावधान हुँदा–हुँदै विभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गरिनु निर्वाचनको बैधता माथि नै प्रश्न उठेको ठहर गरेको छ ।

‘महासंघद्वारा प्रकाशित अन्तिम नामावलीमा वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर निन्दा एवम विरोध गर्दछौं’ महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा वञ्चित गरिनु लोकतन्त्रको मुल्य र मान्यता विपरित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रवासमा जोखिम मोलेर पत्रकारिता गर्दै आइरहेका सयौं पत्रकारहरुलाई गरिएको उपेक्षा कुनै पनि हालतमा सैह्य नहुने भन्दै वैदेशिक शाखाका सदस्यलाई तत्काल निर्वाचन प्रकृयामा समावेश गर्न जोडदार माग समेत गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर