२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

फुङ्लिङ नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ

Nada
२०८१ असार १७ गते २०:२३
Shares
फुङ्लिङ नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ

काठमाडौं : ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

ncell

नगरपालिकामा अधिकृतस्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले उनलाई निन्त्रणमा लिइएको हो ।

उनलाई फुङलिङ नगरपालिका वडा नं. ४ न्युरोड ट्याक्सी स्ट्यान्डनजिकबाट सोमबार नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर