२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शिवालयमा तीनदिने खोज तथा उद्धार तालिम

ADV
कुलेन्द्र शाही
२०८१ असार १७ गते २१:५९
शिवालयमा तीनदिने खोज तथा उद्धार तालिम

सुर्खेत : जाजरकोटको शिवालयमा तीनदिने खोज तथा उद्धार तालिम सम्पन्न भएको छ । विपद् पूर्वतयारी अन्तर्गत स्वयंसेवक परिचालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले २२ जनाका लागि शिवालय गाउँपालिका-३ मा खोज तथा उद्धार तालिम आयोजना गरिएको हो ।

सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको आयोजनामा शिवालयका ९ वटै वडाका जनप्रतिनिधि, स्थानीय प्रहरी चौकीसहितको टिमलाई नेपाल रेडक्रस सोसाइटीको टिमले तालिम दिएको सहास नेपाल पाइला परियोजनाका कृषि प्राविधिक योगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

विपद्का समयमा आफू सुरक्षित भएर अरुलाई कसरी उद्धार गर्न सकिन्छ भनि स्वयंसेवकहरुलाई सीप अभ्याससहित सैद्धान्तिक ज्ञानका लागि तालिम दिइएको उनको भनाइ छ । विपद्‍मा आवश्यक पर्ने प्रतिकार्य सामग्रीको प्रयोग, स्थानीय स्तरमा पनि के कस्ता सामाग्रीबाट काम गर्न सकिन्छ भन्ने बारेमा तालिम दिएको उनले बताए ।

तालिममा विपद्का बारेमा जानकारी, विपद् आउनुअघिको तयारी, विपद् पश्चात कसरी प्रतिकार्य गर्न सकिन्छ भन्ने बारेमा नेपाल रेडक्रस सोसाइटीका माया सापकोटा, सम्झना खत्री र जाजरकोटका सभापती हरि बस्नेतले प्रशिक्षण दिएका थिए ।

तालिम समापनका क्रमममा शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले उपयुक्त समयमा तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले तालिम निकै प्रभाकारी रहेको बताउँदै आगामी दिनमा सहास नेपालसँग सहकार्य गरेर पालिकास्तरीय विपद् व्यवस्थापन समितिमा उक्त तालिम सञ्चालन गर्ने निर्णय गर्ने प्रतिवद्धता जनाए ।

यस्तै शिवालय गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवम् नेपाल रेडक्रम सोसाइटी शिवालय उपशाखाका सभापति जस्बिर वलीले तालिमबाट विपद् आइहालेमा आफू, आफ्नो परिवार र छिमेकलाई तत्काल अवस्था बिग्रन नदिएर बचाउन सक्ने सीप प्राप्त भएको बताए । तालिममा सहभागीहरूले विपद्को समयमा आफू मात्रै नभइ अरूलाई समेत बचाउन सकिने विषयमा ज्ञान प्राप्त भएको पनि बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise