२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रञ्जितालाई रोक्ने प्रयास

ADV
सन्दिप वि.क
२०८१ असार १८ गते ०६:४५
रञ्जितालाई रोक्ने प्रयास

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइएको छ । चार सांसद रहेकोमा तीन जना एकातिर भएपछि पार्टी अध्यक्ष श्रेष्ठ अल्पमतमा परेकी हुन् । 

लालबीर चौधरी, गंगाराम चौधरी र अरुण चौधरीले एकातिर उभिएपछि पार्टी अध्यक्ष रञ्जिता अल्पमतमा परेकी हुन् । अल्पमतमा परेसँगै तीन जनाले गंगारामलाई संसदीय दलको नेता र लालबीरलाई प्रमुख सचेतक बनाउने निर्णय भएको छ । यसअघि रञ्जिता संसदीय दलको नेता र गंगाराम प्रमुख सचेतक थिइन् । 

बहुमत सांसदले गरेको निर्णय अनुसार अब गंगाराम संसदीय दलको नेता र लालबीर प्रमुख सचेतक बनेका छन् । यी तीनै जना पार्टीका संरक्षक रेशम चौधरीतर्फ उभिएकाले रञ्जितालाई हटाउने निर्णय भएको हो । 

यसअघि गंगाराम बाहेक अरु दुई जनाले रञ्जितालाई साथ दिदै आएकी थिइन् । रेशमकै बुवा लालबीरले समेत बुहारी रञ्जितालाई साथ दिएपछि रेशम निरीह देखिएका थिए । तर बुवा लालबीर र अरुण चौधरीलाई समेत आफूतिर तान्न सफल भएपछि रञ्जितालाई संसदीय दलको नेताबाट हटाउने निर्णय गराउन रेशम सफल भएका छन् ।

टीकापुर घटनापछि जेलमा रहेका रेशमले खोलेको यो दल पत्नी रञ्जितासँग विवाद चर्किएर विभाजन नजिक पुगेको छ । तर पार्टीभित्र रेशमको बहुमत भएपनि वैधानिकता रञ्जितासँग हुँदा फुटबाट जोगिदै आएको छ । 

रेशम जेलमा हुँदा रञ्जिताको नाममा नाउपा दर्ता भएको थियो । जेलबाट निस्किएपछि रेशमले महाधिवेशन गरी आफै अध्यक्ष हुने निर्णय गरेका थिए । तर निर्वाचन आयोगले रेशमलाई अध्यक्ष स्वीकारेन । यसपछि विवाद सतहमा आएको छ । 

रञ्जिता अहिलेकै सत्ता गठबन्धनको पक्षमा छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी भूमि व्यवस्था मन्त्री समेत भएकी थिइन् । तर गत २१ फागुनमा सत्ता समीकरण फेरियो । समीकरण फेरिएपछि रेशमले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाने निर्णय लिए । 

यसको विपक्षमा पत्नी रञ्जिता उभिइन् । यद्यपि रञ्जिताकै अडानका कारण नाउपाका सांसदहरुले प्रचण्डलाई विश्वासको मत दिदै आएाक छन् । रेशम चाहिँ अहिले पनि कांग्रेसतिरै लाग्नुपर्ने अडानमा छन् । यसको असर सुदूरपश्चिम सरकारमा पनि परेको छ । सुदूरपश्चिममा रञ्जितातर्फ २ र रेशमतर्फ ७ जना प्रदेशसभा सदस्य छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise