२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ पक्राउ

draupadi film
२०८१ चैत ५ गते ०६:२०
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, क्यानडा र इराक पठाइदिन्छु भन्दै  ठगी तथा मानव बेचविखन गरेको उजुरीमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले रसुवा गोसाइँकुण्ड गाउँपालिका– १ घर भई ललितपुर गोदावरी नगरपालिका– ३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका– ६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका– ८ बस्ने २८ वर्षीय दीपेश रावतलाई वैदेशिक रोजगार ठगीको उजुरीमा पक्राउ गरेको छ ।

बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जनाबाट १२ लाख रुपैयाँ र दीपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका– ४ बाट आइतबार र दीपेशलाई काठमाडौं महानगरपालिका– २८ बाट सोमबार पक्राउ गरेको बताएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । उता, वैदेशिक रोजगारीका नाममा इराक पुर्‍याएर मानव बेचबिखन गरेको उजुरीमा अर्का १ युवक पक्राउ परेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका– ५ का हिरा तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

तामाङविरुद्व इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन दिएर भिजिट भिसामा दुबई लगी केही समय त्यहाँ राखी इराक पुर्‍याएर मानव बेचबिखनको कसुर गरेको जाहेरी परेको छ । गत ५ फ्रेबुअरीमा इराकमा बन्धक बनाएको अवस्थाबाट उम्कन सफल भएको जाहेरी दिएका व्यक्तिले दाबी गरेका छन् ।   

तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise