२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

चोक नामाकरण विषयकाे विवादमा पाँच बुँदे सहमति

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते १८:०९
चोक नामाकरण विषयकाे विवादमा पाँच बुँदे सहमति

जनकपुरः धनुषाको सबैलामा चोक नामाकरण सम्बन्धी विषयमा उत्पन्न भएको विवादलाई समाधान गर्नका लागि पाँच बुँदे सहमति भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयहरुबीच भएको छलफलमा विभिन्न पाँच बुँदे सहमति भएको हो ।

सर्वपक्षीय सहमतिमा नगरपालिकाले विवादित चोकको आगामी दुई महिनाभित्र नामाकरणका गरिने निर्णय भएको छ । यस निर्णयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा नगरपालिकाले जिल्ला सुरक्षा समितिसँग समन्वय गर्ने भएको छ । 

त्यस्तै, घटनामा घाइते भएका व्यक्तिहरूको उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको छ । विवादित चोकको नामाकरण नहुँदासम्म सो स्थानको अवस्था परिवर्तन नगर्ने सहमतिसमेत भएको हो ।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा एक समितिको गठन गरिएको छ । समितिको प्रतिवेदनका आधारमा थप निर्णय गरिनेछ ।

सर्वपक्षीय सहमति पत्रमा सबै पक्षलाई संयमित र सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको छ । चोकको नामाकरण नभएसम्म सबै पक्षले एक अर्कासँग शान्तिपूर्वक र सम्मानपूर्वक व्यवहार गर्ने सहमति पनि गरेका छन् ।

चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा सोमबार प्रहरीले चलाएको गोली, सहिदनगरका २० वर्षीय युवक संतोष यादवलाई लागेको थियो । अहिले यादवको उपचार काठमाडौंमा भइरहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise