२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

लोकतान्त्रिकका नवनिर्वाचितलाई संघमा स्वागत

draupadi film
मध्यान्ह
२०८१ जेठ २२ गते ०७:५३
लोकतान्त्रिकका नवनिर्वाचितलाई संघमा स्वागत

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याहरुको समाधानका लागि हातेमालो गर्न नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन् । एशोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई सोमबार संघ कार्यालयमा स्वागत गर्दै अध्यक्ष भण्डारीले उक्त आग्रह गरेका हुन् ।

सेवा शुल्क परिमार्जन, वैदेशिक रोजगारीमा जाने कामदारको लागतको एकिन र परिभाषित, व्यवसायी भलाइ कोष, संघको भवनलगायतका विषयलाई संघले प्राथमिकतामा राखेको भन्दै अध्यक्ष भण्डारीले व्यवसायीका यी विषयमा सहकार्य जरुरी रहेको बताए ।

एशोसिएसनका अध्यक्ष दीपक थापाले व्यवसायीका समस्या समाधानका लागि संघले अघि बढाउने एजेन्डामा सहकार्य गर्न एशोसिएसन तयार रहेको भन्दै तत्कालीनरूपमा संख्या सयको समस्याबाट बहुसंख्यक व्यवसायी पिरोलिन थालेकाले उक्त समस्या समाधानका लागि संघका तर्फबाट उच्चतम प्रयास हुनु आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष थापाले संघ वैदेशिक रोजगार ऐनले चिनेको संस्था भएकाले समस्याको समाधानका लागि संघको पहल बढी प्रभावकारी र निर्णायक हुने स्मरण गराए । एशोसिएसनका महासचिव महेश कुमार बस्नेतले पनि लामो समयदेखि थाँती रहेका समस्या समाधानका लागि संघको सक्रियता जरुरी रहेको धारणा राखे ।

संघका महासचिव मेघनाथ भुर्तेलले एशोसिएसन राजनीतिक प्रकृतिको संस्था भएपनि व्यवसायीका समस्या समाधानका लागि राजनीतिक दृष्टिकोण नराखी सहकार्य गर्न आग्रह गरे । संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री कुमारले सरकारी अस्थिर नीति निर्णयका कारणले वैदेशिक रोजगार व्यवसाय पेचिलो अवस्थाबाट गुज्रिएको भन्दै व्यवसायीका मुद्दामा संघसंस्थाहरूको एउटै दृष्टिकोण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संघ तथा एशोसिएसन कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise