२०८१ चैत ७ गते बिहिवार / Mar 20 , 2025 , Thursday
२०८१ चैत ७ गते बिहिवार
Ads

श्री कोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

draupadi film
मध्यान्ह
२०८१ चैत ६ गते ०७:०७
श्री कोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी : दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ ।

ज्योति विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध गराइएको हो । बेबी वार्मरले नवजात शिशु जन्मिँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण हो ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको जनाइएको छ । नवजात शिशुलाई सिताङ हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने श्री कोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । 

ADV

सम्बन्धित खबर

Advertise