२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान

Nada
२०८१ चैत ६ गते ०७:३३
Shares
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान दिएका छन् । 

ncell

भाडाको भवनमा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका लागि अधिकारीले  मंगलबार मालपोत कार्यालय तनहुँबाट पाँच रोपनी जग्गा यातायात व्यवस्था कार्यालयका नाममा नामसारी गरिदिएका हुन् । यसअघि पनि वडा कार्यालय भवन निर्माणका लागि चारआना जग्गा दान गरेका अधिकारीले हालको मूल्य साढे दुई करोड बराबरको जग्गा यातायात कार्यालयलाई दान दिएको बन्दीपुर गाउँपापालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । 

यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीले कार्यालयका लागि जग्गा प्राप्ति भएसँगै अब थप प्रक्रिया अगाडि बढ्ने बताए । भाडाको घरमा कार्यालय सञ्चालन गर्दा लाखौँ खर्च हुने गरेकाले अब आफ्नै भवन निर्माण गरी सेवा दिने ओलीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर