२०८१ चैत ७ गते बिहिवार / Mar 20 , 2025 , Thursday
२०८१ चैत ७ गते बिहिवार
Ads

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न आदेश

draupadi film
मध्यान्ह
२०८१ चैत ६ गते १६:१७
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न आदेश

काठमाडौं  : विश्वविद्यालय क्याम्पस, केन्द्रीय क्याम्पस किर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोकिएको छ । उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन ८ चैतमा गर्ने तय भएको थियो ।

बुधबार अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले निर्वाचन रोक्न आदेश दिएका हुन् । नेविसंघका नेता विष्णुबहादुर बडैलाले रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए । अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई ७ चैतमा  छलफलमा बोलाएको छ ।

अदालतले त्रिवि स्ववियु निर्वाचन समितिले ३ चैतमा प्रकाशन गरेको सूचना कार्यन्वयन नगरी यथास्थितिमा राखु विपक्षीहरूको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिएको जनाएको छ ।


 

ADV

सम्बन्धित खबर

Advertise