२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मापदण्ड र अनुमति सम्बन्धी विवाद :प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र 

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत ६ गते १६:३५
Shares
मापदण्ड र अनुमति सम्बन्धी विवाद :प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र 

रौतहटः जिल्लाको चन्द्रपुर नगरपालिकास्थित निजी स्वास्थ्य संस्थाहरूको मापदण्ड र संचालन अनुमति सम्बन्धी विवादमा निजी स्वास्थ्य संस्था संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । चन्द्रपुर नगरपालिकाबाट ३५ दिने अस्थायी अनुमति पत्र प्राप्त गरेका स्वास्थ्य संस्थाहरूलाई स्थायी अनुमति प्रदान गर्नको लागि तत्काल कदम चाल्न अनुरोध गर्दै समितिले पत्र बुझाएको हो ।। 

ncell

समितिका अनुसार चन्द्रपुर नगरपालिका भित्र रहेका निजी स्वास्थ्य संस्थाहरूले मापदण्ड पूरा गरी ३५ दिने अस्थायी अनुमति पत्र प्राप्त गरेको भएपनि नगरपालिकाबाट स्थायी अनुमति पत्रको प्रक्रिया अझै पूरा गरेका छैनन् ।

‘यदि निजी स्वास्थ्य संस्थाहरू बन्द भए भने यहाँका गरिब र असहाय बिरामीहरूको स्वास्थ्य उपचारमा गम्भीर समस्या उत्पन्न हुनसक्छ  । त्यसकारण, यस मुद्दामा तत्काल समाधान गर्नुपर्ने आवश्यकता छ,’ पत्रमा भनिएको छ । समयमै समस्या समाधान नभए निजी स्वास्थ्य संस्थाहरूले आन्दोलनको बाटो समात्ने चेतावनी समेत दिएका छन्।

चैत ३ मा मा बसेको चन्द्रपुर नगरपालिकाको बैठकमा सहमतिको आधारमा १० दिन भित्र मापदण्ड पूरा गरी स्थायी अनुमति पत्र प्रदान गर्ने निर्णय भएको थियो । तर, अहिलेसम्म कुनै पनि सकारात्मक कदम चालिएको छैन। यसअघि चन्द्रपुर नगरपालिकामा एक निजी स्वास्थ्य संस्थामा उपचार गराउँदै गराउँदै एक बिरामीको मृत्यु समेत भएको थियो ।


 

ताजा खबर

सम्बन्धित खबर