२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

Nada
२०८१ चैत ६ गते १७:२८
Shares
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

काठमाडौंः बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । 

ncell

उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ । 

लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिइ आवश्यक अनुसन्धान थालिएको प्रहरीले गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर