२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

टेङग्राहामा विद्यालय व्यवस्थापन समिति गठन

Nada
कृष्ण तिवारी
२०८१ चैत ६ गते २१:२३
Shares
टेङग्राहामा विद्यालय व्यवस्थापन समिति गठन

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–४ टेङग्राहामा रहेको श्री माध्यमिक विद्यालय टेङग्राहामा व्यवस्थापन समिति गठन भएको छ । बुधबार सम्पन्न अभिभावक भेलाले अभिभावकहरूमध्येबाट ४ जना सदस्य सर्वसम्मत चयन गर्दै समिति गठन गरेको हो । व्यवस्थापन समितिको सदस्यमा कमलेशकुमार यादव, अजय कुमार यादव, बबितादेवी महतो महिला सदस्य र शान्ति देवी पासवान दलित महिला सदस्य चयन भएका छन् । 

ncell

यस्तै अब चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य मनोनित हुनेछन् । त्यस्तै, वडाका प्रतिनिधि सदस्य, विद्यालयका एक जना शिक्षक सदस्य र प्रधानाध्यापक सदस्य सचिवसहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति हुने विद्यालयले जनाएको छ । विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति गठन नहुँदा शिक्षक भर्नासहितका काम प्रभावित भएका थिए ।

बुधबार वडाध्यक्ष सतिशकुमार यादव गौरव, पूर्व वडा अध्यक्ष ब्राह्मनारायण यादव वडा प्रत्यासी संजय यादव सहित अन्य जनप्रतिनिधि, विद्यालयको प्रधानाध्यापक एवम् नगर शिक्षा सह संयोजक अनिलकुमार यादव वडामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, अभिभावक, गाउँका अगुवा, पत्रकार, विद्यालयका शिक्षकलगायतको उपस्थितिमा व्यवस्थापन समितिका ४ जना सदस्य चयन गरिएको हो ।
 

ताजा खबर

सम्बन्धित खबर