२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

पोखरा महानगरपालिकामा अख्तियारको छापा

ADV
मध्यान्ह
२०८१ असार १८ गते १६:३१
पोखरा महानगरपालिकामा अख्तियारको छापा

पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । 

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत १९ करोड ८१ लाख छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि कागजात जफत गर्न मंगलबार अख्तियारको टोलीले महानगरपालिकाको कार्यालयमा छापा हानेको हो ।

अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात जफत गरेको हो ।

महानगरपालिकाको २०७९ चैत १० मा बसेको १६ औं बैठकले १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिने निर्णय गरेको थियो । त्यसपछि मणिपालले नक्सा पास एवम् भवन निर्माण सम्पन्न प्रमाणपत्रबापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट पाएको थियो । 

त्यसपछि महालेखाको प्रतिवेदनले मणिपाललाई भारी छुट दिइएकोमा प्रश्न उठाएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise