प्रधानमन्त्री : कप क्रिकेटमा बागमती र एपीएफ विजयी भएको छ । बागमतीले कर्णालीलाई ९ विकेटले पराजित गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा ५९ रनको झिनो लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । जितसँगै एपीएफले फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।
बागमतीका लागि इशान पान्डेले २२ रन बनाए । आशुतोष घिरैयाले १९ र शुभ कङ्साकरले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले १ विकेट लिए ।
यसअघि बागमतीका लागि कर्णाली १९.१ ओभरमा ५८ रनमा अलआउट भएको थियो । कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
बागमतीका लगि रिजन ढकालले ५ विकेट लिए । उनले ८.१ ओभरमा १९ रन खर्चेर फाइफर पूरा गरे । सो क्रममा १ मेडन पनि फाले । सूर्य तामाङले ४ विकेट लिए । ८ खेल खेलेको एपीएफले ६ जित र २ हारको नतिजा निकालेको छ । १२ अंकसहित एपीएफ तालिकाको पहिलो स्थानमा छ ।
यस्तै एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एक्स्ट्रा टेक ओभलमा सोमबार भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।
२२४ रनको लक्ष्य एपीएफले ४१.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । एपीएफका लागि पुरन बिक र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । ११२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका पुरन ७२ रनमा अविजित रहे । रोहितले ९४ बलमा ७ चौका प्रहार गर्दै ७१ रनको योगदान गरे ।
लुम्बिनीका लागि राजेन्द्र बमले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । कप्तान देव खनाल र मृनल गुरुङले अर्धशतकीय पारी खेले पनि जितको लागि पर्याप्त हुन सकेन ।
देवले ७९ बलमा ४ चौका प्रहार गर्दै ६३ रन बनाए । मृनलले भने ८७ बलमा ४ चौका प्रहार गर्दै ५५ रन बनाए । एपीएफका लागि अमर रौतेला र अभिषेक गौतमले ३–३ विकेट लिए ।