– लेखराज रेग्मी
स्ववियु यस्तो संस्था हो, जो कलेज एकाइको संसद् हो । यो ट्रेड युनियन अधिकार प्रयोग गर्ने एक मात्र गैरश्रमिक संस्था हो । राणा शासनको अन्त्यपछि नेपालमा माध्यमिक विद्यालयसम्म युनियनको चुनाव हुने गथ्र्यो ।
नेपालमा पढाउन आउने भारतीय गुरुहरूका साथै विद्यार्थीहरूमा युनियनको अभ्यासद्वारा राजनीतिक ९प्रजातान्त्रिक० चेतना विस्तार गर्न आवश्यकता महसुस गरेका राजनीतिक व्यक्तित्वहरूमा एउटा समझदारी र सहकार्यमा यस्ता गतिविधि व्यवस्थित गरिँदै थियो ।
विद्यालयभित्र प्रहरी प्रशासन अथोरिटीको अनुमतिबाहेक प्रवेश गर्ने अभ्यास थिएन । सुरक्षित र मर्यादित थिए स्कुलहरू । त्यहाँ राजनीतिक पार्टीहरूको हस्तक्षेप थिएन, यसै कारण युनियन स्वतन्त्र थियो ।
माध्यमिक विद्यालयहरूमा युनियन प्रारम्भिक पाठशाला थिए– संगठन अनुशासन, स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यासका लागि । तर, कलेजहरूका स्वतन्त्र युनियनहरू राजनीतिक अभ्यासका प्रारम्भिक तालिम केन्द्र नै थिए । यसैलाई देशव्यापी अभ्यास भइरहँदा एउटा राष्ट्रिय सदन आवश्यक थियो । विद्यार्थीहरूले स्वतन्त्र रूपमा अखिल नेपालस्तरीय स्ववियु फेडरेसन बनाए ।
यसमा वाम प्रभाव बढेपछि नेपाली कांग्रेसले आफ्ना विद्यार्थीहरूलाई त्यसबाट हट्न निर्देशित गर्ने योजना बनायो । २०१७ सालको काण्डपछि स्थिति छरपस्ट भयो, युनियन गतिविधिमा निगरानी र नियन्त्रण सुरु भयो । प्रतिनिधिमूलक विद्यार्थीहरूले लामो प्रयत्नपछि २०२२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बनाए । फेडरेसनको निरन्तरतामा एउटा समस्या थियो ।
कांग्रेस र कम्युनिस्टबाट पञ्चायतलाई सहयोग गर्नेहरूको बहुलताका कारण तथा प्रतिबन्धित स्थितिको जटिलताका कारण पनि पुनस्र्थापना सम्भव भइरहेको थिएन । यस कारण नयाँ संरचनामा राष्ट्रिय संगठन बनाइयो र तलतिर एकाइहरू व्यवस्थित गर्ने प्रयास भए ।
यसले स्ववियुको पुनस्र्थापनाका लागि संघर्ष ग¥यो । जिल्ला–जिल्लामा नेतृत्वदायी समितिहरू स्थापित भए । विद्यार्थीहरूले ठूलो देशव्यापी संघर्षपछि युनियन अधिकार प्राप्त गरेसँगै राजनीतिक दलहरूका लागि एउटा वैधानिक प्लेटफर्म तयार भयो ।
नेपाली कांग्रेसमा स्ववियुप्रति वितृष्णा थियो तर पनि यसको आवश्यकता बोध भइरहेको थियो । राष्ट्रिय विद्यार्थी फेडरेसनका नाममा इतिहासप्रति दाबी गर्दै विद्यार्थी संगठन पुनर्गठन गरियो । यसरी फेडरेसनले वामपन्थी विद्यार्थी जनमतमा विभाजनको सुरुवात ग¥यो र यही मौकामा नेपाली कांग्रेसले भ्रातृ संगठनको रूपमा २०२७ सालमा नेपाल विद्यार्थी संघ गठन ग¥यो ।
२०३५-०३६ सालको आन्दोलनपछि नेकपा मालेको भ्रातृ संगठनको रूपमा अनेरास्ववियुलाई विभाजन गराइयो । अहिले अखिल नेपालको राष्ट्रिय स्तरको कुनै पनि स्वतन्त्र विद्यार्थी संगठन छैन । २०४६ सालपछि एमालेले एउटा एनजीओको रूपमा स्ववियु महासंघ त बनायो तर भ्रातृ संगठनको रूपमा ।
यस्तो विभाजनको प्रभाव शिक्षक मजदुर र किसान संगठनहरूमा पनि परेको छ । विभाजनको संस्कृतिविरुद्ध शैक्षिक प्राज्ञिक सवालमा एउटा एकीकृत आन्दोलनको आवश्यकता बनेको परिप्रेक्ष्यमा किसान, मजदुर, शिक्षक, विद्यार्थीहरूका आ–आफ्ना साझा फेडरल संस्थाहरूको पुनस्र्थापना आजको आवश्यकता बनेको छ । उनीहरूको स्वायत्त र स्वतन्त्र पहलकदमीको विकास हुनु आवश्यक छ ।
स्ववियु जस्ता संगठनहरूलाई समयानुकूल परिवर्तन गराउन आवश्यक छ, जसको मोडल कस्तो गराउने, सामूहिक छलफल हुनु आवश्यक छ । हामीले विगतको अभ्यासलाई आत्मसात् गरेर कहीँ पुगिँदैन । त्यस कारण आउनुहोस्, सामूहिक ढंगले यसको स्वरूपबारे छलफल गरौं र निकास निकालौं ।