क्वालालम्पुर (मलेसिया) : मलेसियाको पेनाङ राज्यमा रहेको पेनाङ एफ सी फुटबल क्लबद्वारा मलेसियास्तरीय दोस्रो एन पेनाङ गोल्ड कप हुने भएको छ । इस्लाम धर्मावलम्बीहरूको चाड हरिरायाको अवसरमा विदालाई सदुपयोग गर्दै खेल क्षेत्रलाई माथि उठाउने तथा मनोरंजन र स्वास्थलाईसमेत फाइदा पुग्ने हेतुले ‘स्वास्थ नै धन र स्वास्थका लागि फुटबल’ भन्ने नारासहित गोल्ड कप आयोजना गरिन लागिएको आयोजक समितिले जानकारी दिएको छ ।
दुःखले नेपालीहरूले कमाएको पैसा सहज, सुरक्षित र भरपर्दिलो माध्यम बनेको र सबैले रुचाइएका वित्तीय सस्था आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रान्सफरले प्रायोजन गरेको दोस्रो पेनाङ गोल्ड कप अहिलेसम्मकै मलेसियामा नेपालीहरूद्वारा आयोजना भएका फुटबल खेल मध्येकै दोस्रो ठूलो खेल रहेको र खेलका माध्यमले आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रान्सफरलाई थप नेपालीमाझ पु¥र्याउने उद्देश्यले खेललाइै प्रायोजन गरेको आई पे रिमेट मलेसियाका जनरल मेनेजर सुरेश देवकोटाले जानकारी दिए ।
३१ मार्चदेखि अप्रिल १ तारिखसम्म हुने तय भएको खेलमा खेल क्षेत्रकै विशिष्ट व्यक्तित्वहरू अतिथिको रूपमा नेपालबाट नै आमन्त्रण गरिएका छन् । अतिथिहरूमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, महिला फुटबलर प्रीति राई, अनु बस्नेत र अतिथि कलाकारहरू विजय पुन, चाहाना मगर आउने तय भएको आयोजक समितिका सचिव शिव खड्काले जानकारी दिए ।
आयोजक समितिका अनुसार अहिलेसम्म दर्ता भएका १८ वटा टिम बिच प्रतिस्पर्धा हुने र प्रतियोगिता विजेतालाई क्रमशः ३० हजार, उप विजेतालाई १५ हजार मलेसियन रिङ्गेट पुरस्कार दिइने छ ।