२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

प्रतिनिधि सभाका सचिव अधिकारीले लिए शपथ

ADV
मध्यान्ह
२०८१ असार १९ गते १४:५६
प्रतिनिधि सभाका सचिव अधिकारीले लिए शपथ

काठमाडौं : प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

त्यस अवसरमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 

शपथ लिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अधिकारीले प्रतिनिधि सभाको कामलाई व्यवस्थित गराउन भूमिका खेल्ने बताए ।

सभामुखलाई सहयोग गर्ने, संसदका काम कारबाहीलाई व्यवस्थित तथा पारदर्शी बनाउनका लागि आफ्नो सहयोग र भूमिका रहने उनको भनाइ थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise