२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरको डोजर

ADV
मध्यान्ह
२०८१ असार १९ गते १५:५७
अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरको डोजर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । 

ललितपुर महागरले बुधबार मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा डोजर चलाएको हो ।

स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा उजुरी दिएर अतिक्रमण हटाउन माग गर्दै आएका थिए । अमात्यले सो घर २०७८ असोजमा किनेकी हुन् । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको अभिलेखमा देखिएको छ ।

गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise