२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरको डोजर

Nada
२०८१ असार १९ गते १५:५७
Shares
अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरको डोजर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । 

ncell

ललितपुर महागरले बुधबार मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा डोजर चलाएको हो ।

स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा उजुरी दिएर अतिक्रमण हटाउन माग गर्दै आएका थिए । अमात्यले सो घर २०७८ असोजमा किनेकी हुन् । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको अभिलेखमा देखिएको छ ।

गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर