२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गण्डकी प्रदेश समन्वय परिषद् कतारले साधारण सभासँगै 'स्वास्थ्य तथा सचेतना' कार्यक्रम गर्ने

ADV
तिलु शर्मा पौडेल
२०८१ असार १९ गते १७:२०
गण्डकी प्रदेश समन्वय परिषद् कतारले साधारण सभासँगै 'स्वास्थ्य तथा सचेतना' कार्यक्रम गर्ने

दोहा, कतार : कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले वार्षिक साधारण सभा गर्दैछ । परिषद्को आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको सहआयोजनामा साधारण सभासँगै 'स्वास्थ्य तथा सचेतना' कार्यक्रमसमेत आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा सहभागीहरूलाई नेपालबाट आमन्त्रित मनोविश्लेषक वासु आचार्यले प्रशिक्षित गर्नेछन् । आउँदो शुक्रबार सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा  ११ बजे शुरु भएर साँझ ५ बजे समापन हुने कार्यक्रममा सहभागीहरूलाई साढे १० बजेभित्र हलमा उपस्थित हुन परिषद्का अध्यक्ष सागर पौडेलले आग्रह गरेका छन् । उनले कार्यक्रम निर्धारित समयमा शुरु भएर निर्धारित समयमै समापन गरिने प्रतिबद्धता जनाएका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रममार्फत कतारमा रहेका गण्डकी प्रदेशवासी तथा कतारवासी नेपालीहरूलाई लाभ लिन आयोजकले अनुरोध गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise