२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टाइल्स उद्योगले सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्यो

ADV
कृष्ण तिवारी
२०८१ असार १९ गते २०:१९
टाइल्स उद्योगले सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्यो

रौतहट : रौतहटको एक मात्र टाइल्स उद्योग प्राइम सेरामिक्स प्रा.लि.ले अव्यवस्थित रूपमा सडकमै ट्रक पार्किङ गर्दा  सवारी दुर्घटनाको जोखिम बढेको छ ।

विरेन्द्र राजमार्ग अन्तर्गत चन्द्रपुर–गौर सडकखण्डसँग जोडिएको बृन्दावन नगरपालिका–६ हर्साहामा रहेको  उक्त टाइल्स कम्पनीको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढेको पाइएको हो । उद्योगले गौर–चपुर सडक खण्डको दुवै छेउमा ट्रक पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । 

उक्त उद्योगको टाइल्स ढुवानी गर्न आउने ट्रक पार्किङ गर्न आफ्नो निजी पार्किङको व्यवस्था गरेको छैन । 

आफ्ना निजी पार्किङको सुविधा राख्न नसकेका उद्योगले घण्टौसम्म चपुर–गौर सडक खण्डमा नै ट्रक पार्किङ गरी टाइल्स लोड गर्ने गरेका छन् ।

उद्योगबाट उत्पादन हुने टाइल्स अन्यत्र लैजान आउने दर्जनौ ट्रकलाई उद्योगले अति व्यस्त सडकको रूपमा रहेको गौर–चपुर सडककै दुवै छेउमा नै पार्किङ गरी राख्ने गरेका छन् । 

सडकको छेउमा यसरी दर्जनौ ट्रक एकैसाथ पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढाएको यात्रुहरुले बताएका छन् । टायल्स कम्पनीको अगाडि सडकमै ट्रक पार्किङगरि राखेको कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुले बताएका छन् । 

चपुर–गौरको मुख्य बाटो भएपनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा रोकी राखेको ट्रकको कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक ओमप्रकाश यादवले बताए ।

उनले भने,‘सडकमा जथाभावी रोकि राखेको ट्रक दुर्घटनाको जोखिम बढाउँछ । यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ ।’

विरेन्द्र राजमार्गस्थित टाइल्स कम्पनीको  कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु राकेश यादवले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise