२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

अमेरिका पठाउने भन्दै ठग्ने पक्राउ

draupadi film
मध्यान्ह
२०८१ असार १९ गते २१:०६
अमेरिका पठाउने भन्दै ठग्ने पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाउने भनि रकम लिइ फरार रहेका दिपक श्रीसलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीसले १८ लाख रूपैयाँ लिएर वैदेशिक रोजगारीमा नपठाइ सम्पर्कविहीन भएपछि प्रहरीमा जाहेरी परेको थियो । श्रीसलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise