२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

ज्येष्ठ नागरिक तथा फरक क्षमता भएकालाई सम्मान

Nada
विरेन्द्र साह
२०८१ असार १९ गते २१:०९
Shares
ज्येष्ठ नागरिक तथा फरक क्षमता भएकालाई सम्मान

जनकपुर : धनुषाको मिथिला विहारी नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा पूर्ण रुपमा फरक क्षमता भएकाहरुलाई सम्मान गरिएको छ ।
पालिकाको आर्थिक सहयोग तथा दलान नेपाल धनुषाद्वारा आयोजित कार्यक्रममार्फत ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला तथा पुर्ण रुपमा फरक क्षमता भएकालाई सम्मान गरिएको हो ।

ncell

वडा नं. ४ का वडाध्यक्ष प्रदिप कुमार यादवको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम ‘ज्येष्ठ नागरिकहरुको सम्मान गरौं, राष्ट्रिय गौरव बढाऔं’ भन्ने मूल नाराका साथ सम्पन्न गरिएको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।

नेपाल सरकारद्वारा सुरक्षा भत्ता प्रदान गरिँदै आएको ज्येष्ठ नागरिक, एकल महिला तथा पूर्णरुपमा फरक क्षमता भएका सो वडाका एक सय पचास जना नागरिकहरुलाई अबिर, माला र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव,  पूर्व गाविस अध्यक्ष राजकिशोर यादव, जनता मावि कजरा रमौलका प्रधानाध्यापक लालबाबु यादव, वडा सचिव राजिव यादव, दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुर, वडासदस्यहरु, स्थानीय राजनीतिककर्मी, बुद्धिजीवी, युवा र शिक्षकसहितको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर