२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनमा झन्डै ८ सय धावक सहभागी हुने

draupadi film
दिलमाया शाही
२०८१ चैत २७ गते १९:४७
छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनमा झन्डै ८ सय धावक सहभागी हुने

जुम्ला : कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा आगामी वैशाख २७ गते ५१ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले यस पटक वैशाखको २७ गते जुम्ला‐रारा अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो ।

कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनको यस पटक रुट परिवर्तन भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । उनले यसअघि ४९ किलोमिटर थिए । आगामी हुने जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५१ किलोमिटिर भएको छ । उनका अनुसार खेलाडी दर्ता खुला गरिएको बताए ।

अध्यक्ष शाहीका अनुसार दौड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि आवेदन खुला गरिएको छ । आगामी वैशाख २३ गतेसम्म खेलाडीले नाम दर्ता गर्न पाउने छन् । आयोजकका अनुसार म्याराथनमा झन्डै ८ सय खेलाडी सहभागी हुनेछन् ।  

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट म्याराथन सुरु भइ खाली न्याउरी घतडसम्मको रुट दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालछेउमा समापन हुने गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरिबहादुर रोकायाले बताए । रोकायाले खेल क्षेत्रको विकासमा स्थानीय सरकार तथा विभिन्न संस्थाको सहयोगको खाँचो रहेको औंल्याए ।

म्याराथनका लागि महिला/पुरुष तर्फ, सार्क राष्ट्रका धावकहरुका लागि १४ हजार ५ सय रुपैयाँ र  अन्य देशका धावकहरुका लागि २० हजार रुपैयाँ शुल्क लाग्ने छ । नेपाली धावकहरुका लागि ५ हजार रुपैयाँ र स्थानीय धावकहरुका लागि पनि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा विजयी खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन् । म्याराथन सम्पन्न गर्न २५ खाल ७४ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कर्णाली स्पोर्ट्स क्लबका सचिव मधुराज न्यौपालेले बताए ।

ADV

सम्बन्धित खबर

Advertise