२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

उपप्रमुखसँग असहाय टुहुरा बालबालिका कार्यक्रम प्रभावकारी बन्दै

draupadi film
सरु भुसाल
२०८१ जेठ २२ गते २०:१९
उपप्रमुखसँग असहाय टुहुरा बालबालिका कार्यक्रम प्रभावकारी बन्दै

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका–उपप्रमुखसँग असहाय(टुहुरा) बालबालिका कार्यक्रम अन्तर्गत कपडा तथा व्याग वितरण गरिएको छ । 

पालिकास्थित १२ वटै वडाका कुल ८२ जना डेढ वर्षदेखि १६ वर्ष भित्रका बालबालिकाहरुलाई कपडा तथा व्याग बितरण गरिएको हो । डेढ वर्षदेखि ५ वर्षभित्रका बालबालिकाहरुलाई २ जोर कपडा व्याग तथा ५ वर्षदेखि १६ वर्ष मुनिका बालबालिकाहरुलाई एकजोर कपडा तथा व्याग वितरण गर्नुका साथै बालबालिका तथा उनका अभिभावकहरुलाई  पाँच/पाँच सयका दरले आतेजातेको व्यवस्था गरिएको थियो ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्यको अध्यक्षता तथा सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise