२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव

मध्यान्ह
२०८२ वैशाख १२ गते २०:२७
सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टिम, विभागीय प्रमुखहरू तथा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई सम्मान गर्दै कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीले हासिल गरेको वित्तीय बल, विश्वसनीयता तथा उत्कृष्ट सूचकहरूको उपलब्धिका लागि आभार व्यक्त गरेका थिए । साथै, कम्पनीले अपनाउँदै आएको नविनतम प्रविधि र समय सापेक्ष ग्राहकमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले आगामी दिनमा कम्पनीलाई अझ बृहत् र विशाल बनाउँदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे । साथै, उनले कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै उनले सूर्यज्योतिमा कर्मचारीहरूले पारिवारिक वातावरणको अनुभव गर्ने बताए ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले उपलब्धिमूलक यात्रामा साथ दिने ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमनकारी निकाय र साझेदारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ मजबुत साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ADV

सम्बन्धित खबर