२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

shivam cement
२०८२ वैशाख २० गते १२:४०
Shares
भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

काठमाडौँ : भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दु मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौँ मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताएका छन् । “घाइतेमध्ये छ जनाको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको थियो,” सावन्तले पत्रकारसँग भने ।

उनले अस्पतालको अनुगमन गर्दै मृतक वा घाइतेका परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन् । गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

उनले भने, “पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपत्कालीन कक्षमा उपचार भइरहेको छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना प्रकट गरेको छ ।

लैराई जात्रा गोवामा एक प्रमुख हिन्दु उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ । भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् । यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।

सम्बन्धित खबर