संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि अहिले अरु सवै क्षेत्र पूरापुर ओझेलमा परेको छ । दुई तिहाइ नजिकको संसदीय बहुमतबाट बलियो सरकार बनेको अढाइ वर्ष सुशासनको खोजीमा बितेको थियो । सरकारका हरेक काममा पारदर्शिता खोज्नेमै आमपंक्ति तल्लिन भएका थिए । यो स्वभाविक पनि थियो । किनभने, राजनीतिक स्थीरता कायम रहेको अवस्थामा खोजिने भनेकै सुशासन हो । सुशासनको खोजी हुँदा भ्रष्टाचारका विषय सतहमा आउँछन् । विगतमा भएकै त्यही थियो । सरकार र प्रधानमन्त्रीलाई भ्रष्ट पुष्टि गर्नु भन्दा पनि सुशासनको खोजीमा भ्रष्टाचारका विषय बढी प्राथमिकतामा परेको थियो । तर, जब संसद् विघटन पछि राजनैतिक र संवैधानिक संकट सामुन्नेमा आएको छ । यसबेला सुशासन मात्रै नभएर अन्य हरेक क्षेत्रको प्रशंग र सुधार ओझेलमा परेको छ ।
मुलतः मुलुकले एउटै चासो छ– संसद् विघटन पछि मुलुकको कोर्स कता जाने हो ? हरेक दिन हुने राजनीतिक घटनाक्रम र संवैधानिक निकायहरुमा सम्पादित कार्यसम्पादमा आमचासो छ । विशेषगरी सर्वोच्च अदालतमा संसद् विघटन विरुद्ध परेको मुद्दा विचाराधीन रहेकाले त्यसतर्फ सम्पूर्ण ध्यान तानिएको छ । किनभने, मुलुकलाई संवैधानिक ट्र्याकमा ल्याउने वा अस्थिरता तर्फ लैजाने भन्ने तय सर्वोच्चको फैसलामै भर पर्नेछ । सर्वोच्चमा विचाराधीन विषयले एक होइन, अनेक प्रश्न र सन्देश उत्पन्न गराएको छ । कतिसम्म भने हरेकजसो पार्टी संसद् विघटनको विषयमा विभाजित बनेको छ । शक्तिशाली नेकपा विभाजित नै भइसकेको छ । विघटित संसद्का प्रमुख विपक्षी दल नेपाली काँग्रेसमा प्रष्ट दुई धार कोरिएको छ । सभापति शेरबहादुर देउवा संसद् पुनर्स्थापना नभए पनि फरक नपर्ने अभिव्यक्ति दिदै हिडेका छन् भने उनी इतर नेताहरु संसद् पुनर्स्थापनाको विकल्प नरहेको अडानमा छन् ।
तेस्रो दल जनता समाजवादी पार्टी (जसपा) पनि दुई ध्रुबमा विभाजित बनेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव संसद् पुनर्स्थापना नभइ नहुने अडानमा छन् भने पूर्व राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोहरु संसद् विघटनलाई अदालतले सदर गरे पनि केही फरक नपर्ने बताउँदै आएका छन् । यसबाहेक स–साना दलहरु पनि विभाजित बनेको छ । अर्थात्, कुनै पनि दल एउटै मतका साथ उभिएको छैन । यसले असंवैधानिक कदम चालेर संसद् भंग गर्ने निर्णय नै ठूलै गोप्य सहमति वा कुनै चलखेल भएकोमा आशंका बढाएको छ । यसतर्फ प्रष्ट नपार्ने हो भने यो नेपाली जनता र मुलुकका लागि बेइमानी हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies