२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मृतकका परिवारलाई सहयोग हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ जेठ २२ गते २१:१२
मृतकका परिवारलाई सहयोग हस्तान्तरण

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई सात लाख ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराइएको छ । उनको गत चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।

मृतकका दुई छोरा ९ वर्षीय दिशन र ६ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्ने गरी  तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद ५०–५० हजार रुपैयाँ उपलब्ध गराइएको जनाइएको छ ।

धितुङका स्थानीय बासिन्दा एवम् नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट संकलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गरे । रासस

ADVADV

सम्बन्धित खबर

Advertise