२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कुवेत लैजान भारत पुर्‍याइएका ६ महिलाको उद्धार

ADV
मध्यान्ह
२०८१ असार २३ गते २२:०४
कुवेत लैजान भारत पुर्‍याइएका ६ महिलाको उद्धार

भैरहवा : आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा कुवेत लैजान भारत पुर्‍याइएका ६ जना महिलालाई उद्धार गरी रूपन्देही प्रशासनले आफन्तको जिम्मा लगाएको छ । भारत हुँदै कुवेत पठाउने भन्दै लगिएका उनीहरूलाई सशस्त्र प्रहरीले भारतीय सुरक्षा बलको सहयोगमा  उद्धार गरेको हो ।

दलालले उनीहरूलाई भारत लगेर अलपत्र पारेपछि उद्धार गरी ल्याइएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ । उद्धार गरी ल्याइएकामा  रूपन्देही, दाङ, चितवन र सिन्धुलीका महिला रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उद्धार गरी ल्याइएकाहरूलाई आफन्तको जिम्मा लगाइएको पनि अर्यालले जानकारी दिए । 

उनले कुवेत गएर मासिक नेपाली ४५ हजार रुपैयाँ कमाइ हुने काम लगाइदिने भनेर उनीहरूलाई लामो समय काठमाडौंमा राखेको र त्यसपछि रूपन्देहीबाट पैदल हिँडाएर भारत पुर्‍याइएको देखिएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise