२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

सगरमाथा संवाद जलवायु न्यायका लागि महत्वपूर्ण मञ्च : परराष्ट्रमन्त्री राणा

shivam cement
मध्यान्ह
२०८२ वैशाख ३१ गते १७:३६
सगरमाथा संवाद जलवायु न्यायका लागि महत्वपूर्ण मञ्च : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेकोे सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने बताएकी छन् । 

मन्त्री राणाले यस कार्यक्रममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताइन् ।

दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलतासम्बन्धी बुधबार काठमाडौंमा आयोजित कार्यशालामा मन्त्री राणाले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने उल्लेख गरिन् ।

‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको हो’, उनले भनिन् ।

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, वन डढेलोलगायतका जलवायुजन्य गम्भीर प्राकृतिक प्रकोपको सामना गरिरहेको दृष्टान्त पेश गर्दै यस्ता समस्याहरू यस क्षेत्रकै समस्या रहेकाले तिनको निकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।’ 

मन्त्री डा. राणाले आगामी शुक्रबारदेखि काठमाडौँमा आयोजना हुने यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी पनि दिइन् ।

कार्यक्रममा मन्त्री डा. राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको र यससम्बन्धी नीति तथा रणनीतिक कार्य योजनाहरू निर्माण गरी काम गरिरहेको जानकारी गराइन् । नेपाल पेरिस सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताउँदै मन्त्री राणाले सरकारले हरित ऊर्जाको प्रवद्र्धन, विद्युतीय सवारी साधनको प्रयोग, सामुदायिक वनसहितको वन विस्तारलाई प्रोत्साहन तथा जलाशय, राष्ट्रिय निकुञ्ज र अन्य प्राकृतिक सम्पदाको संरक्षण सम्बन्धी नीतिहरू लिएको बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise