२०८२ भदौ २३ गते सोमवार / Sep 08 , 2025 , Monday
२०८२ भदौ २३ गते सोमवार
Ads

निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह

shivam cement
२०८२ भदौ २३ गते ०६:२०
निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह

काठमाडौं : कुवेतले विमानस्थलमा पाइने निःशुल्क र बेनामी वाइफाइ नेटवर्कहरूको प्रयोग नगर्न यात्रुहरूलाई आग्रह गरेको छ । सेप्टेम्बरमा ठुलो संख्यामा नागरिक र प्रवासी कामदारहरू कुवेत प्रवेश गर्ने गरेका छन् ।

साइबर सुरक्षा र सूचना प्रविधि विशेषज्ञहरूले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पाइने निःशुल्क र बेनामी वाइफाइ नेटवर्कले यात्रुको स्मार्ट उपकरणहरू ह्याक गर्ने सम्भावना रहने बताएका छन् ।

स्थानीय अल–सेयासाह दैनिकमा छापिएको एक अनुसन्धान रिपोर्टमा विशेषज्ञहरूले कुवेत जानु अघि कुनै पनि देशको विमानस्थलहरूमा यात्रुहरूले सामना गर्न सक्ने सबैभन्दा जोखिममध्ये  निःशुल्क र बेनामी वाइफाइ नेटवर्कहरू भएको उल्लेख गरेको छ ।

निःशुल्क पाइने नेटवर्कहरूले यात्रुहरूको डेटा चोरी गर्ने र स्मार्ट उपकरणहरूमा उपलब्ध व्यक्तिगत जानकारी जफत गर्ने गरेको विशेषज्ञहरू बताउँछन् । 

ठुलो संख्यामा प्रयोगकर्ताहरूको उपस्थितिले विमानस्थलहरूमा वाइफाइ नेटवर्कहरू प्रयोग गर्नु जोखिमयुक्त हुने भन्दै विशेषज्ञहरूले एकै समयमा एउटै नेटवर्क दुई सय जनासम्मले प्रयोग गर्दा जोखिम बढ्ने बताएका छन् । 

कुवेत सोसाइटी फर इन्फर्मेसन टेक्नोलोजीका इलेक्ट्रोनिक मिडिया समितिका अध्यक्ष डा. अनवर अल–हर्बीले विशेषगरी सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र लिंकहरू प्राप्त गर्नु पनि जोखिमपूर्ण हुने बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise