काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा दुई नयाँ शाखा कार्यालयहरू संचालनमा ल्याएको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै दुवै नयाँ शाखाको सुरुवात भएको हो ।
विरुवा शाखाको उद्घाटन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका थिए । त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका थिए ।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।