२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

मध्यान्ह
२०८२ जेठ १ गते ०७:००
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ  ८८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ADV

सम्बन्धित खबर