२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच परामर्श सम्झौता

मध्यान्ह
२०८२ जेठ १ गते २१:३१
डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच परामर्श सम्झौता

काठमाडौ : डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाईबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्काशन (आइपिओ) अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा अन्तर्गत दिनेछ । २०७६ साल देखि कारोबार सुरू भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा दश रोपनी क्षेत्रफलमा फैलिएको छ ।

हाल यस रिसोर्टमा १५ वटा कोठाहरू छन् र सो संख्या बृद्धिगरी ३५ वटा कोठा पु¥याउने कार्य र स्वीमिङ पुल पनि निमार्णाधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरू यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरू रहेको छ । 

ADV

सम्बन्धित खबर