२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

मधेश प्रदेश : जीवन बिमाबाट ११ अर्ब १६ करोड संकलन

मध्यान्ह
२०८२ जेठ २ गते ०९:२३
मधेश प्रदेश : जीवन बिमाबाट ११ अर्ब १६ करोड संकलन

वीरगञ्ज (पर्सा), २ जेठः नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम संकलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख संकलन गरेको थियो । 

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताइन्  । कार्यालयले सोही अवधिमा रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै रु ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् । 

प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क संकलन भएको छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर