रविन विश्वकर्मा/मध्यान्ह
रुकुम पुर्व : रुकुम पुर्वमा दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१४ र १५ वर्षीया दुई बालिकालाई गाउँबाट अपहरण गरी आठ दिनदेखि कोठामा बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।
बालिकाहरु चैत १ गतेदेखि हराएको र धेरै दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि आफन्तहरुले चैत ९ गते खोजि गरिदिन भन्दै प्रहरीमा निवेदन दिएका थिए ।
आफन्तले दिएको निवेदनको आधारमा खोजतलास गदै जाँदा सोमबार कोठामा ताला लगाई शरीर बन्धक बनाएर राखिएको अवस्थामा १४ वर्षीय बालक र २३ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मानबहादुर बुढाथोकीले जानकारी दिए ।
उनीहरुले बालिकामाथि आठ दिन सम्म जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जबरजस्ती करणी,अपहरण र शरीर बन्धक अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउने प्रहरीले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies