२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कतारमा मनाइयो बुद्ध जयन्ती

Nada
तिलु शर्मा पौडेल
२०८२ जेठ २ गते १४:४३
Shares
कतारमा मनाइयो बुद्ध जयन्ती

दोहा, कतार : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औं जन्म जयन्ती कतारमा भव्यरूपमा मनाइएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) र नेपाल आदिवासी जनजाति महासंघ, कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ७० संघसंस्थाको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाइएको हो । संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाली राजदूतावासमा शुक्रबार बिहान बुद्ध जयन्ती मनाइएको हो । 

ncell

धर्म गुरुहरू ङवाङ सोइपा मनाङथेन तामाङ, सूर्यमान तामाङ, चन्द्र लामा, बेन्दे लामा र सुशीला पाख्रिन तामाङले मोवम मन्त्रसँगै त्रियुगा बन्धन गरेपश्चात् राष्ट्रिय गानसहित कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले बुद्ध सन्देशलाई अनुसरण गर्दै अगाडि बढ्नका लागि प्रेरित हौं भन्ने शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति भट्टले बुद्धको देशमा जन्मिएका नेपाली शान्तिका दूत रहेको बताए । उनले बुद्धका वाणी व्यावहारिकरूपमा अनुसरण गर्नुपर्ने बताए ।

नेपाल जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले स्वागत मन्तव्य सहित बुद्धका बारेमा जानकारी दिएका थिए भने प्रतिनिधा मन्तव्यका रूपमा आफ्नो शुभकामना मन्तव्य राख्दै एनसीसी कतारका सल्लाहकार डिएन मगरले बुद्धलाई विश्वले आफ्नो आइडल मानिरहँदा नेपाली नै बुद्ध ज्ञानको अनुकरण गर्न चुकिरहेको बताए । महासंघ कतारका महासचिव हरि महतो र एनसीसी कतारका सचिव सन्तोष क्षेत्रीले मिलेर कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ शाखा कतार, किरात याक्युङ चुम्लुङ शाखा कतार, तमु (गुरुङ) समाज, किरात राई यायोक्खा शाखा कतार, थारु कल्याणकारिणी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज, प्रवासी भुजेल समाज, नेवा पुच:, नेपाली धानुक समाज, शेर्पा संघ, नेपाल प्रवासी तामाङ समाज र नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले पूजा अर्चनाको व्यवस्थापन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर