२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा कांग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे

Nada
२०८३ कार्तिक १६ गते १२:१२
Shares
रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा कांग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे

काठमाडौँ : विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए । उनले गलत क्रियाकलापका विषयमा काँग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै रास्वपाले यस विषयलाई कसरी संसदमा प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने स्पष्ट पारे । 

उनले भने, ‘रास्वपा सबैभन्दा ठूलो दलको रूपमा हुनुहुन्छ । उहाँहरूले यो विषयमा आफ्ना दृष्टिकोण कसरी सार्वजनिक गर्नुहुन्छ, त्यो हामी हेरिरहेका छौँ । हामी कुनैपनि गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ । उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसदमा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यस अनुसार हामीहरू आफ्ना धारणाहरू बनाएर हामीहरू अगाडि बढ्छौँ ।’

रास्वपाले विचौलिया ईनम सापकोटासँग कनेक्सन रहेका न्यायाधीशमाथी महाभियोग लगाउनेगरी छलफल अगाडी बढाएको छ । तर रास्वपाले पनि महाभियोगका बारेमा ठोस धारणा सार्वजनिक गरेको छैन । 

ताजा खबर

सम्बन्धित खबर