वीरगन्ज : जनता समाजवादी पार्टी नेपालले मलेसियामा आफ्नो पार्टी गठन गर्ने भएको छ ।
मलेसियामा रहेका नेपाली कामदारसँग भेटघाट गरी पार्टी गठनका लागि जसपा नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने भएका छन् । २०२५ जुन १ मा होटेल ग्रान्ड कोन्टिनेन्टल कुलालुमपुर जलान बेलिआ चोवकिटमा कार्यक्रम आयोजना गर्न लागिएको छ ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवको प्रमुख अतिथित्वमा हुने कार्यक्रममा नेपालीसँग अन्तरक्रियाका साथै नेपाली समाज मलेसिया प्रवास समिति गठन गरिने आयोजक समिति मलेसियाका संयोजक बिनोद यादवले जानकारी दिए ।
मलेसियालाई आफ्नो कर्मभूमी बनाएर विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका नेपाली कामदारहरुलाई उपस्थित हुन संयोजक यादवले आह्वान गरेका छन् ।
कार्यक्रममा अध्यक्ष यादवसँगै केन्द्रीय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा र डा.निश्चलनाथ पाण्डे लगायतको उपस्थिति रहने संयोजक यादवले बताए ।