२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनसेल फ्ल्याश सेल्समा आकर्षक डाटा प्याक

Nada
२०८२ जेठ २ गते २१:०६
Shares
एनसेल फ्ल्याश सेल्समा आकर्षक डाटा प्याक

काठमाडौं : एनसेलले साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ । यो अफर शनिबारबाट शुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म संचालनमा रहने छ ।

ncell

शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डाटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड युट्युब पाउँछन् ।

सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन । फ्ल्याश सेल्समा डबल मजा, डाटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार ओटा प्याकहरु समावेश रहेका छन् । 

यस अफर अन्तर्गत ग्राहकले कर सहित १५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन् । यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउने सुविधा पाउँछन् । त्यसैगरी कर सहित २९९ रुपैयाँ पर्ने डाटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डाटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिटेड पहुँचको फाइदा लिन सक्छन् । 

सम्बन्धित खबर