२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

shivam cement
२०८२ जेठ ३ गते १४:३२
Shares
स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

काठमाडौं : सरोकारवालाहरूले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जा: स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरूले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवर्द्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताएका छन ।

सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमासमेत असर पुग्ने बताए ।

‘जाडो याममा पानीको स्रोत घट्दा नै नेपालले ऊर्जा भारतबाट आयात गरेर विद्युत् आपूर्ति गराएका छौँ’, उनले भने, ‘अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा धेरैजसो स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ, सर्वसाधारणहरू प्रसारण लाइन चाहन्छन्, तर आफ्नै घर अगाडि र पछाडि होइन, अब त्यसलाई कसरी प्रवर्द्धन गर्ने रु’

शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर