२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल र भुटानबीच ‘माउन्टेन डिप्लोमेसी’ हुने

Nada
२०८२ जेठ ३ गते १६:२५
Shares
नेपाल र भुटानबीच ‘माउन्टेन डिप्लोमेसी’ हुने

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शनिबार भेटवार्ता भएको छ । नेपाल सरकारले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद २०२५’ को अवसरमा वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता भएको हो ।

ncell

‘माउन्टेन डिप्लोमेसीको माध्यमबाट हामी पर्वतीय क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छौँ,’ मन्त्री शाहीले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा जैविक विविधता संरक्षणका लागि आवश्यक वित्तीय स्रोत, क्षमता अभिवृद्धि, तथा प्रविधि हस्तान्तरणमा सहज पहुँच सुनिश्चित गर्न दुई देशले समन्वय र विस्तार गर्न सक्छौँ ।’

भेटमा वन मन्त्री शाहीले नेपाल र भुटान मिलेर जलवायु न्याय, अनुकूलन वित्त, प्रविधि हस्तान्तरण र क्षतिपूर्तिको सवालमा साझा रणनीति बनाउने विषयमा दृढ भएको समेत उल्लेख गरे ।
 

ताजा खबर

सम्बन्धित खबर