२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

खड्गी समाजद्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

मध्यान्ह
२०८२ जेठ ४ गते ०८:२०
खड्गी समाजद्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

काठमाडौँ : नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिको आयोजनामा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ । क्षेत्रपाटी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजा भन्दै यसको संरक्षणका लागि आफू निरन्तर साथ रहने बताए । “यो बाजा अनुशासनमा बजाइने, नियममा आधारित, इतिहास बोकेको बाजा हो,” उनले भने, “म यसको संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध छु ।”

अन्य अतिथिहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षण भन्दै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिका अध्यक्ष सुभाष शाहीले गरेका थिए । उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए ।

कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरू वर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADV

ताजा खबर

सम्बन्धित खबर