२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

आज तीन समितिको बैठक बस्दै

shivam cement
मध्यान्ह
२०८२ जेठ ४ गते ०८:३५
आज तीन समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसदका तीनवटा समितिहरूको बैठक आज बस्ने भएको छ ।  

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा पुरानै अजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्य योजनाका बारेमा छलफल हुनेछ सचिवालयले जनाएको छ । 

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइको छ । बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ। 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। यो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस गरिने भएको छ।
 

ADV

सम्बन्धित खबर

Advertise