२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

एमाले उपमहासचिव गुरुङ सम्मानित

मध्यान्ह
२०८२ जेठ ४ गते १०:५७
एमाले उपमहासचिव गुरुङ सम्मानित

लमजुङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आज उनी सहित अन्य नेतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । 

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ तत्कालीन समयमा (बि.सं. २०४३) जन पक्षीय उम्मेदवार समेत बनेका थिए । सोही अवसरमा पार्टीले बि.सं. २०४३, २०४९ र बि.सं. २०५४ मा उम्मेदवार बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान समेत गरेको थियो  ।

 बि.सं. २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट वक्ताका  रूपमा परिचित हुन्छ । सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादान्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर