२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ जेठ ४ गते १५:१०
Shares
मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : मधेश प्रदेश सरकारका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन अर्थमन्त्री यादवसहित ८ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको अरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ncell

अख्तियारले बागमती नगरपालिका सर्लाहीमा तत्कालीन बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरञ्जन लामिछाने, तत्कालीन योजना अधिकृत सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादव, मधेश प्रदेश सरकार अर्थमन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेललगायत ८ जनालाई प्रतिवादी बनाएको छ ।

अख्तियारकाअनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मधेश प्रदेश सरकारको करोडौं रकम माछापोखरी निर्माण गरिएको थियो । त्यस क्रममा ठूलो मात्रामा अनियमितता भएको अनुसन्धानबाट देखिएको छ । उनीहरुविरुद्ध ५६ करोड ७१ लाख ७ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी विशेष अदातमा मुद्दा दर्ता भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियारले मुद्दामा विभिन्न चरणमा तत्कालीन अर्थमन्त्रीले रकम उपलब्ध गराउने कार्यमा मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका विभागीयमन्त्री विजय कुमारले भुमिका खेलेको दाबी गरेको छ ।

उनले २०७८-०३-०६ मा निर्णय गरी अनुदान उपलब्ध गराउन एमओयूमा आफैंले एकल रुपमा स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतसँग मर्यादालाई ख्याल नगरी हस्ताक्षर गरे/गराएको तथा कानून अधिकृतको राय बमोजिम भनि मन्त्रिपरिषद्मा पेश नगरी ३० करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको देखिएको अख्तियारले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर