काठमाडौं : इला होटल्स एन्ड रिसोट्र्स तथा मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंक र होटल तथा केबलकार लिमिटेडबीच यससम्बन्धी सम्झौता भएको हो ।
समझदारीपत्रमा प्रमुख बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एन्ड रिसोट्र्स/मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अरविन्द्र केसीले हस्ताक्षर गरेका छन् । योसँगै बैंकका ग्राहक तथा कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट र केबलकारमा यात्रा निःशुल्क पाउनेछन् ।