काठमाडौं : बीमित, अभिकर्ता तथा कर्मचारीलाई लक्षित गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘प्रेम दरवार होटल’सँग सहकार्य गर्दै विशेष छुट योजना ल्याएको छ । सम्झौतासँगै अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूले प्रेम दरवार होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्ण सेवामा ३५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
कम्पनी र प्रेम दरवारबीच हालै सम्पन्न सम्झौता अनुसार बीमितहरूले मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाएर छुटको सुविधा लिन सक्नेछन् । त्यस्तै अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी परिचयपत्र पेस गरी सो सुविधा उपयोग गर्न सक्नेछन् ।
छुट पाउनका लागि प्रेम दरवार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले सेवा सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले ‘प्रिभिलेज कार्ड’ सुरु गरेको बताएको छ ।
स्मार्ट बीमा सेवा विस्तारका लागि आइएमई लाइफले पछिल्लो समय डिजिटल प्रविधिमा जोड दिइरहेको छ । यसअघि कम्पनीले मोबाइल एपमार्फत् बीमा दाबीको प्रक्रिया सहज बनाउँदै पचास प्रतिशतसम्म अग्रिम भुक्तानीको व्यवस्था गरिसकेको छ । प्रेम दरवार होटलसँगको सहकार्य कम्पनीका बीमित तथा कर्मचारीहरूका लागि मनोरञ्जनात्मक र सन्दर्भअनुकूल छुट योजना भएको कम्पनीको भनाइ छ । यसबाट ग्राहक सन्तुष्टि अभिवृद्धि हुने कम्पनीको विश्वास छ ।